Comments Add Comment

बीबीसी मास्टर सेफ उपविजेता सन्तोषलाई जनकपुरधाममा सम्मान

१ चैत, जनकपुरधाम । बीबीसी मास्टर सेफको उपविजेता बन्न सफल सिरहाका सन्तोष साहलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

आफ्नो घर आउने क्रममा आइतबार जनकपुर विमानस्थलमा साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको हो । उनका बाल्यकालका साथीसमेत रहेका जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहको अगुवाइमा उनलाई सम्मान गरिएको हो ।

जनकपुरधामका युवाहरुले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा साहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए । साहले देशको नाम चम्काएको खुसीमा युवाहरुले विमानस्थलमै केकसमेत काटेका थिए । साहलाई लिन उनकी आमासहित दाजु–भाउजू जनकपुरधाम विमानस्थल पुगेका थिए ।

सम्मान ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै साहले कुनै पनि काम सानो नहुने बताए । उनले खाना पकाउने काम पनि ठूलो काम भएको भन्दै यो कुराबारे नेपाल आएर सबैलाई बुझाउन थालेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment