Comments Add Comment

एमालेको केन्द्रीय सदस्य बनेका प्रदेश सांसद विष्ट माओवादीमै फर्किए

१ चैत, सुर्खेत । नेकपा एमालेको केन्द्रीय सदस्य बनेका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् । दुई दिनअघि मात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि सांसद विष्ट पार्टीमा फर्किएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।

‘हामीले उहाँसँग पहिलेदेखि नै छलफल गरिरहेका थियौं, आज अध्यक्ष प्रचण्डसँगको छलफलपछि उहाँ पुनः हामीसँगै फर्किनु भएको छ,’ प्रमुख सचेतक नेपालीले भनिन् ।
विष्ट २०७४ सालको निर्वाचनमा माओवादीका तर्फबाट कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित भएका थिए ।

विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक सांसद हुन् ।

उनले त्यतिबेला पनि केही समयपछि उक्त हस्ताक्षर फिर्ता लिएको सामाजिक सञ्जालमा लेखेका थिए ।

शनिबार माओवादी केन्द्रले २४ घण्टाभित्र आफ्ना सांसदहरुलाई पार्टीमा फर्कन अल्टिमेटम दिएको थियो । जसका कारण सांसद विष्ट पार्टीमा पुनः फिर्ता भएको प्रमुख सचेतक नेपालीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment