+
+
Shares

आन्दोलन गर्न सुर्खेत आएका वादी समुदाय घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १५:०३

२ चैत, सुर्खेत । गाडीभाडा नपाएपछि सुर्खेतमै अलपत्र परेका कर्णालीका वादी समुदाय घर फर्किएका छन् । १७ दिनसम्म धर्नामा बसेका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच आन्दोलन रोक्ने र घर फर्किने पाँच बुँदे सम्झौता भए पनि उनीहरु गाडीभाडा नपाएपछि सुर्खेतमै अलपत्र परेका थिए ।

तर, दुल्लु नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले दैलेखसम्म लैजाने गाडीको व्यवस्था गरिदिए पछि घर फर्किएको वादी समुदायका अगुवा हिक्मत वादीले जानकारी दिए । ‘दैलेखका केही साथीहरु आइतबार गइसक्नु भएको छ, कालिकोट र जाजरकोटका साथीहरु आज फर्किँदै हुनुहुन्छ,’ हिक्मतले भने, ‘स्थानीय तहहरुले घरसम्मा जान गाडीको व्यवस्था गर्दिनु भएको छ ।’

खेती गर्न स्थायी लालपूर्जासहितको जमीन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु फागुन १० देखि वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्ना बसेका थिए ।

वादी समुदाय र प्रदेश सरकारबीच फागुन २६ गते वादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गरिदिने, १० लाखसम्मको निर्व्याजी ऋणको व्यवस्था गर्ने, प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने लगायतका पाँच बुदे सहमति भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?