+
+
Shares

समृद्धिको लक्ष्य साकार पार्न व्यावसायिक क्षेत्रको भूमिका विशेष हुनुपर्छ : राष्ट्रपति 

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १९:०९

२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको भूमिका विशेष हुनपर्ने बताएकी छन् ।

राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले स्थापना कालदेखिनै चेम्बरले उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गरेको र त्यसले देशको आर्थिक विकासमा महत्वपूर्ण आधार निर्माण भएको बताइन् ।

उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन र नेपाली व्यवसायीको व्यवसायिक क्षमता वृद्धि गर्न पनि चेम्बर सफल भएको बताइन् । औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विभिन्न प्रदर्शनीहरूको आयोजना गर्नुका साथै प्रवर्द्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता वृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?