Comments Add Comment

खानपान र शारीरिक अभ्यासका कारण औषत उमेर बढी भएका १० मुलुक

कुनैपनि राष्ट्रको सम्पत्ति र समृद्धि यसका मानिसहरूका स्वास्थ्य र शारीरिक सक्रियतामा निर्भर हुन्छ। विश्वमा कतिपय विकसित मुलुकहरू केवल आर्थिक रुपमा मात्रै होइन, त्यहाँका नागरिकको स्वास्थ्यका कारण समेत अरूभन्दा फरक छन् ।

जापानका मान्छेहरुको औषत उमेर नै ९० वर्षसम्म हुँदा अन्य गरिब मुलुकमा किन कम उमेरमा नै मान्छेको ज्यान जान्छ ? त्यसपछिको कारण के होला ? विभिन्न अध्ययनले विश्वमा धेरै औषत उमेर बाँच्ने देशका नागरिकहरू खानपान र शारीरिक अभ्यासलाई ध्यान दिँदा नै दीर्घ जीवन बाँच्ने गरेको देखाएको छ । विश्वका बढी स्वस्थ देशका नागरिकहरूले के खान्छन् र कस्तो अभ्यास गर्छन् ? भन्ने विषयमा हेल्थ फिटनेस रिभोलुसनले तयार पारेको रिपोर्ट अनुसार बढी औषत उमेर रहेका र स्वस्थ मुलुकको खानपान र अभ्यास शैलीलाई तल उल्लेख गरिएको छ ।

फ्रान्स
औषत उमेर : ८१‍‍‍.५६

स्वास्थ्यको कारण : फ्रान्सको खाना संस्कार नै दीर्घ जीवन र स्वास्थ्यको कारक हो । फ्रान्सेलीहरू जे खान्छन् सन्तुलित किसिमका खाना खान्छन् । उनीहरू सन्तुलित मात्रामा रेड वाइन पिउँछन् । जसले मुटुको स्वास्थको लागि सहयोग गर्छ । युरोपका अन्य देशहरू जस्तै, फ्रान्सेलीहरू धेरै हिँड्छन् । समग्रमा भन्दा उनीहरू विलासिता भन्दा पनि शरीरको स्वास्थ्यको लागि समेत आफ्ना गतिविधिहरू गर्ने गर्छन् ।

इटाली
औषत उमेर ८१‍‍‍.५ वर्ष
स्वास्थ्यको कारण : इटालियनले भूमध्य क्षेत्रीय आहारलाई बढी महत्व दिन्छन् । त्यसमा ओलिभ तेल ९ओमेगा ३० र माछा धेरै पर्छ । जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । इटालीवासीहरू प्रायस् जसो युरोपेली देशका नागरिक जस्तै सक्रिय छन् र उनीहरू पनि मुटुको स्वास्थ्यको लागि रेड वाइन पिउँछन् । साथमा नियमित अभ्यास पनि इटालीबासीको नित्य कर्मभित्र पर्छ।

अष्ट्रेलिया
औषत उमेर ८१‍.९ वर्ष

स्वास्थ्यको कारण : अष्ट्रेलिया महासागरको बीचमा छ, आयातित खाद्य पदार्थ महँगो हुने गर्छ । त्यसैले अस्ट्रेलियालीहरू आफ्नै देशभित्र पाइने धेरै प्राकृतिक खानाहरूमा ध्यान दिन्छन् । अष्ट्रेलियालीहरूले खेलकुदलाई आफ्नो संस्कृतिको एक भागको रूपमा चिनाउने गर्छन् । धेरै जसो अष्ट्रेलियालीहरू पौंडी खेल्ने, हाइकिङ वा बाइकिङ गर्ने गर्छन् ।

स्विजरल्याण्ड
औषत उमेर ८२‍‍.२८ वर्ष

स्वास्थ्यको कारण : स्विसहरूले आफ्नो अभ्यासको रूपमा नै हिमालमा जाने वा पहाड चढ्ने गर्छन् । केवल अरूले जस्तो मनोरञ्जनको लागि नभएर स्विसहरू नियमित अभ्यासको रूपमा समेत हिमाल आरोहण गर्ने गर्छन् । स्विसहरूले वर्षको हरेक महिना हिमालहरूको पूरा फाइदा लिन्छन्।

अन्डोरा
औषत उमेर ८२‍‍.९८ वर्ष

स्वास्थ्यको कारण : फ्रान्स र स्पेनको बीचमा रहेको पहाडमा रहेको यो ठाउँ भूमध्यसागरीय खानादेखि जाडोमा शारीरिक अभ्यासको रूपमा पहाड चढ्ने बानीका कारण पनि बढी स्वस्थ रहने गरेको बताइन्छ ।

ग्रीस
औषत उमेर ८१‍‍.५ वर्ष

स्वास्थ्यको कारण : ग्रीकहरू जैतुनको तेल र माछालाई सन्तुलित रूपमा तयार पारेर खाने गर्छन् । याद गर्नुहोस् कि ओलम्पिक ग्रीसमा शुरू भएको थियो, त्यसैले सक्रिय हुनु तिनीहरूको पुरानो संस्कृतिको एक हिस्सा हो।

स्पेन
औषत उमेर ८३‍‍.१२ वर्ष

स्वास्थ्यको कारण : स्पेनिस खाना र दैनिक क्रियाकलापले नै यहाँका मान्छेलाई बढी स्वस्थ राख्ने गर्छ ।’तपस’ भनिने खाद्य पदार्थ नै त्यहाँको खाद्य संस्कृति हो । यसका अतिरिक्त उनीहरू दैनिक क्रियाकलाप ‘सियस्टा’मा भाग लिन्छन् । दुई घण्टा मध्यदिनमा आराम गर्नु उनीहरूको नित्यकर्म नै हो । जसले न केवल तनावको स्तरलाई कम गर्छ पर्याप्त आराम समेत पाइरहेका हुन्छन् यसले पनि स्वास्‍थ्यमा सकारात्मक प्रभाव पार्ने गर्छ ।

सिंगापुर
औषत उमेर ८४‍.०७ वर्ष

स्वास्थ्यको कारण : सिंगापुरमा वातावरण स्वस्थ र सफा राख्ने राम्रो प्रणाली छ। सिंगापुरवासीहरू स्वच्छताको हिसाबमा विश्वमा सबैभन्दा राम्रो मुलुकमा गनिन्छन् । दोस्रो धेरै सिंगापुरवासीहरू जान्दछन् कि राम्रो स्वास्थ्यको अर्थ धन हो। तिनीहरू सकेसम्म आफ्नो ठाउँलाई सफा राख्न सबै नियमहरूको हुबहु पालना गर्छन् ।

जापान
औषत उमेर ८४‍.१२ वर्ष

स्वास्थ्यको कारण : सरल शब्दमा भन्ने हो भने जापानीहरूले नियमित खाने खाना भाँती पुर्‍याएर खाने गर्छन् । तिनीहरूले रातो मासुको सट्टा माछा खान्छन्, बटर, दूध जस्ता डेरी प्रोडक्ट कम खान्छन् । आयोडिनको मात्रा बढी भएको समुद्री खानेकुरा खान्छन् र धेरै ग्रिन टि पिउँछन् । साथमा प्रशस्त हरियो तरकारीहरू खानु पनि उन्नत स्वास्थ्यको कारण हो ।

मोनाको
औषत उमेर ८९.६३ वर्ष

स्वास्थ्यको कारण : मोनाकोका अधिकांश नागरिक उच्च आर्थिक हैसियतका छन् । त्यसैले उनीहरूसँग स्वस्थ खानाको योजना पनि छ । उनीहरूको आफ्नै शेफ हुन्छ जसले स्वस्थ खानाको योजना बनाउँछ । किनकि धेरैजसो अवकाशप्राप्त मानिसहरू त्यहाँ बस्छन् जसले उनीहरूमा तनावको स्तर पनि कम हुन्छ । हामीलाई थाहा छ कि चिन्ता उच्च रक्तचापको एक कारण हो र पेटको ग्यास्ट्रिटिस देखि अत्यधिक एसिड उत्पादनको कारण र उच्च रक्तचापबाट कार्डियो भास्कुलर रोग समेत निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment