+
+
Shares

स्याउ किसानले पाए क्षतिपूर्ति

रासस रासस
२०७७ चैत ३ गते १३:३२
फाइल तस्वीर

३ चैत, खलंगा । जुम्ला, कालिकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् ।

शिखर इन्स्योरेन्स कम्पनीले जुम्ला, कालिकोट र मुगुका दुई हजार १ सय २० जना स्याउ किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने, ‘मौसम सूचकांकका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्तिबापत रकम भुक्तानी गरेका छौं ।’ जुम्लाको पातारासी गाउँपालिका–६ का स्याउ किसान अदिराज विष्टलाई क्षतिपूर्तिबापत एक लाख ८९ हजार रुपैयाँ भुक्तानी दिएको उनले बताए ।

पछिल्लो समय जिल्लामा स्याउ खेतीमा किसानको आकर्षण बढेसँगै बीमा गर्नेको संख्यामा पनि वृद्धि भएको कम्पनीको शाखा कार्यालय जुम्लाका प्रमुख दीपदर्शन फडेराले जानकारी दिए । गत वर्ष असिनाका कारण स्याउ नष्ट भएपछि स्याउको बीमा गरेका किसानले क्षतिपूर्ति पाएको उनको भनाइ छ ।

यहाँका किसानले वर्षेनी स्याउ बीमा नवीकरण गर्छन् । स्थानीय तहका कृषि शाखाको सिफारिसमा बीमा गरेका किसानलाई कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि आफूहरुले क्षतिपूर्ति पाएको स्याउ किसान नर रोकायाले बताए ।

यसैगरी छिमेकी जिल्ला कालिकोट र मुगुका एक हजार ३ सय ८२ जना स्याउ किसानले स्याउ बीमा गरेबापत दुई करोड ५५ लाख रुपैयाँ क्षतिपूर्ति पाएको कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख फडेराले बताए ।

शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम सुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालिकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गरेका छन् ।

जिल्लालाई स्याउ पर्यटन क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारले यहाँका स्याउ किसानलाई राहत हुने गरी काम गर्न आवश्यक रहेको तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले बताए । जिल्लाका झण्डै २१ हजार घरधुरीमध्ये १६ हजारभन्दा बढी प्रत्यक्ष रुपमा स्याउ खेतीमा लागेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?