+
+
Shares

फिदिममा पनि बजाजको नयाँ शोरुम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १९:४४

३ चैत, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले फिदिममा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

समृद्धि एण्ड ब्रदर्स प्रालिले सञ्चालनमा ल्याएको नयाँ शोरुमको एक कार्यक्रमका बीच कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले शुभारम्भ गरेका छन् । शोरुमको शुभारम्भ गर्दै उनले भने, ‘हामी फिदिममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । फिदिममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

कम्पनीले समृद्धि एण्ड ब्रदर्स प्रालि फिदिमका प्रोपराइटर संजिव जोशीलाई डिलरसिप प्रदान गरेको हो ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम संञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

बजाजका ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको जनाउँदै नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्‍याउने प्रयास गरिरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?