+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

माधव नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेताहरु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते १२:३६

४ चैत, काठमाडौँ । नेकपा एमालेको  नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेताहरु समेत उपस्थित भएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्‍चमा उपस्थित भएका हुन् ।  कार्यक्रम सञ्‍चालक सुरेन्द्र पाण्डेले  उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्।

यस्तै भेलाका लागि विभिन्‍न जिल्लाबाट नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले २८ फागुनमा एक्लौटी निर्णयमार्फत  विधान संशोधन गर्नुका साथै आफूइतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो।

अध्यक्ष ओलीले भने  गुटगत भेला गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?