Comments Add Comment

अमेरिकाको जर्जियामा अन्धाधुन्ध गोली प्रहार, ६ एसियाली महिलासहित ८ जनाको मृत्यु

४ चैत, काठमाडौं । अमेरिकाको जर्जियास्थित तीन मसाज पार्लरमा अन्धाधुन्ध गोली चल्दा आठजनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार जर्जियाको एकवोर्थ सहरको एक मसाज पार्लरमा चार र अन्य दुई मसाज पार्लरमा गरी चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ६ महिला एसियाली रहेको पुष्टि भएको छ ।

दक्षिण कोरियाले मृत्यु भएकामध्ये चारजना आफ्ना नागरिक रहेको बताएको छ । अमेरिकी प्रहरी अधिकारीहरुका अनुसार यो घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् । तीनवटै आक्रमणमा ती व्यक्तिको संलग्नता रहेको आशंका गरिएको छ । ती व्यक्तिले किन आक्रमण गरेका हुन् भन्ने खुलेको छैन ।

पछिल्लो समय एसियाली–अमेरिकीमाथिको आक्रमण तथा अपमान गर्ने क्रम बढ्दो छ। अमेरिकामा एसियाली मानिसहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढाएको भन्दै उनीहरुमाथिको आक्रमणका घटना बढेको हो ।

गत साता अमेरिकी राष्ट्रपति जो बाइडनले एसियाली–अमेरिकीमाथि भएको आक्रमण, दुर्व्यवहार र गलत आरोपको निन्दा गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment