+
+
Shares

पाटन अस्पतालमा मिर्गौलाको उपचार गराउने बिरामी बढे

रासस रासस
२०७७ चैत ४ गते १३:०१

४ चैत, काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला उपचार गराउन आउने बिरामीको संख्या बढेको छ । पछिल्ला वर्षमा झंै केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै पाटन अस्पतालमा बिरामीको संख्या बढेको हो ।

‘हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन चौबीसै घण्टा निरन्तर चलाउनुपरिरहेको छ,’ अस्पतालका निर्देशक डा. रवि शाक्यले भने, ‘एक दिनमा लगभग ४५ मिर्गौला पीडितको डायलासिस भइरहेको छ । साना बालबालिकादेखि वृद्धवृद्धासम्म यस रोगको उपचार गराउन आउँछन् ।’

पाटन अस्पतालले लामो समयदेखि मिर्गौला रोगबाट पीडितलाई निःशुल्क उपचार सेवा दिनुका साथै नयाँ बिरामीलाई वार्षिक एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा दिने गरेको डा. शाक्यले जानकारी दिए ।

अस्पतालमा धेरैजसो ५० वर्ष उमेर कटेका बिरामीहरु उपचार गर्न आउने गरेको अस्पतालकी नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?