Comments Add Comment

रौतहटको जयनगरमा फर्निचर मेला

४ चैत, रौतहट । नेपाल विश्वकर्मा संघ रौतहटको आयोजनामा रौतहटको जयनगरमा फर्निचर मेला जारी छ ।

शिवरात्रीको बेला पारेर लगाइने यो फर्निचर मेलामा रौतहट, बारा तथा सर्लाहीका व्यापारीहरु तथा लोहारहरुले उत्पादन गरेका फर्निचर तथा औजारहरु राखिएका छन् ।

व्यपारीहरुले बनाएका काठका विभिन्न फर्निचर तथा फलामका औजारहरु उपभोक्ताले एकै स्थानबाट खरिद गर्न पाउने गरी नेपाल विश्वकर्मा संघ रौतहटले प्रत्येक वर्ष गरुडाको नगरपालिकाको जयनगरमा फर्निचर मेला लगाउने गरेको छ । राजमार्गको छेउमै सञ्चालनमा रहेको मेलामा विगत वर्ष भन्दा कम कारोबार भइरहेको व्यापारीहरु बताउँछन । कोभिड १९ तथा भारत सँगको सीमानाका बन्द भएका कारण पनि खासै कारोबार नभएको उनीहरुले बताए ।

मेलामा काठका फर्निचरहरुमा बक्स पलङ, सादा पलङ, खाट, डाइनिङ टेबल, दराज, झ्याल, ढोका, कुर्सी, टेबल लगायतका सामग्री राखिएका छन् । फलामका औजारमा बन्चरो, कोदालो, हँसिया, खुकुरी लगायतका अन्य कृषि औजारहरु छन । पसलमा खरिद गर्न जाँदा सीमित फर्निचर हुने तर यहाँ आफूले विभिन्न डिजाइनका फर्निचर रोजेर खरिद गर्न पाउने भएकोले उपभोक्तालाई यस बजारले सजिलो अवसर दिएको तर उपभोक्ताहरु खरिदका लागि नआउँदा राम्रो व्यवसाय हुन नसकेको व्यापारीको गुनासो छ ।

पहिले जिल्ला बाहिरका उपभोक्ताहरु पनि आएर मेलामा आफूलाई चाहिने काठ तथा फलामका सामान खरिद गर्ने गरेको भए पनि यस बाहिरका खरिदकर्ताहरुको खासै उपस्थिति नभएको व्यापारी जयमंगल ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment