Comments Add Comment

कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई स्टार अवार्ड 

४ चैत, काठमाडौं । नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाइ कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाबाट स्टार अवार्ड पाएको छ । साथै सोलुसन्स नेपालले ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ समेत पाएको छ ।

हुन्डाइ कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका म्यानेजिङ डाइरेक्टर जिन सेओङ पार्कको उपस्थितिमा सोलुसन्स नेपाललाई सो अवार्ड प्रदान गरिएको हो । सन् २०२० मा नेपाली एस्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भए बपत सो सर्टिफिकेट कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई प्रदान गरिएको हो । नेपाली एस्काभेटर बजारमा विगत ३–४ वर्ष यता हुन्डाई मार्केट लिडर रहँदै आएको बताइएको छ ।

हुन्डाइ इन्डियाले गरेको सहयोग र हालै प्रदान गरिएको अवार्डप्रति कन्स्ट्रक्सन सोलुसन्स प्रालिका म्यानेजिङ डाइरेक्टर सन्दिप सारदाले धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि यो क्षेत्रमा सधै नम्बर १ रहन परिश्रम गर्ने प्रतिवद्धता व्यक्त जनाएका थिए । उनले ग्राहक र डिलर पार्टनरको मेहनत र उत्कृष्ट कार्यप्रति कृतज्ञ भएको बताउँदै यसैको प्रतिफल नै यो उपलब्धि मिलेको प्रतिक्रिया दिएका थिए ।

कोरोना भाइरस महामारीका बावजुद पनि हुन्डाइ एस्काभेटर नेपालमा नम्बर वान रहन सफल भएको र यसले एस्काभेटर सेगमेन्टको बढ्दो बजारलाई देखाएको उनले बताए । नेपाली एस्काभेटर सेगमेन्टको बजारमा हुन्डाई एस्काभेटरले २७ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको भनाइ छ । निर्माण र अन्य विभिन्न क्षेत्रमा हुन्डाइका मेसिन प्रयोग भइरहेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment