+

मच्छिन्द्रलाई स्तब्ध बनाउँदै आयोजक मकवानपुर फाइनलमा

२०७७ चैत  ४ गते १९:१२ २०७७ चैत ४ गते १९:१२
मच्छिन्द्रलाई स्तब्ध बनाउँदै आयोजक मकवानपुर फाइनलमा

४ चैत्र, हेटौंडा । गत सिजनको उपाधि विजेता आयोजक मकवानपुर ११ हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडास्थित वन विज्ञान अध्ययन सस्थानको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा लिग विजेता मच्छिन्द्रलाई ४– ३ गोल अन्तरले स्तब्ध पार्दै आयोजक रिगल रिर्सोट मकवानपुर–११ ले अन्तिम दुईमा स्थान बनाएको हो ।

डिफेण्डिङ च्याम्पिएन मकवानपुर–११ को जीतको लागि म्यान अफ दी म्याच भएका अमिर श्रेष्ठले उत्कृष्ट प्रदर्शनसँगै दुई गोल गरेका थिए । श्रेष्ठले खेलको ४७ औं मिनेट र ६८ मिनेटमा गोल गरेका हुन् ।

उनले नगद १० हजार हात पारेका छन् । सुरुआती अग्रता लिएको मच्छिन्द्रको लागि पुजन उपरकोटीले ९औं मिनेटमा गोल गरेर खाता खोलेका थिए । मकवानपुर ११ को लागि रुपेश केसीले २० मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

राष्ट्रिय फुटबल टोलीका पुर्व सदस्यसमेत रहेको रन्जन विष्टले ३४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका भने अमिर श्रेष्ठले ४७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बढाएता पनि मच्छिन्द्रका अशोक थापाको ५० मिनेटमा र राजेश परियारले ५९ मिनेटमा गोल गरेर खेल फेरी बराबरीमा ल्याएका थिए । तर मकवानपुर ११ को तर्फबाट अमिर श्रेष्ठले ६८ औं मिनेटमा व्यक्तिगत दुई गोल गरेपछि खेलको नतिजा आयोजकको पक्षमा आएको हो ।

खेल पछि प्रतिक्रिया दिँदै मच्छिन्द्रका क्लबका प्रशिक्षक प्रवेश कटुवालले खेलाडीहरुले सोचे अनुसार खेल्न नसकेको बताए । क्लबका अनुभवी खेलाडिहरु मैदानमा नहुँदा सोचे अनुसार खेल्न नसकेको भन्दै खेलाडीहरु मार्किङमा लगातार गल्ति गरेको बताए ।

यस्तै फाईनल पुगेको टिम मकवानपुर ११ का प्रशिक्षक विजयलाल श्रेष्ठले टिममा रहेका खेलाडीहरु निरन्तर विभिन्न प्रतियोगिता खेलिरहेकोले अपेक्षित प्रदर्शन नगरेता पनि स्कोर आफ्नो पक्षमा ल्याएको बताए । उनले फाईनल खेलमा अभै शसक्त रणनीति र तयारी गर्ने बताए ।

भोली विभागीय टिम त्रिभुवन आर्मी क्लब र विदेशी टोली क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन (अरास) बीच दोस्रो सेमिफाईनल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाइक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।

फाइनल मकवानपुर मच्छिन्द्र शहीद स्मृति राष्ट्रिय गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय