+
+
Shares

देउवालाई सिटौलाको सुझाव: कांग्रेसकै नेतृत्वमा सरकार गठनको पहल गरौं

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते २०:३२

४ चैत, सुनसरी । नेपाली कांग्रेसका नेता एंव पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न पार्टीका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

सुनसरी सदरमुकाम इनरुवास्थित पार्टी कार्यालयमा कांग्रेस सुनसरीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रममा उनले केन्द्रीय समितिको बैठकमा आफूले तीन दलसँग सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सुझाव दिएको बताए ।

नेता सिटौलाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाधलीरहित बनाउनका लागि भएपनि कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिदैं अहिलेको सरकारले जनतालाई राहत दिनुको सट्टा दुःख दिने काम मात्र गरेको आरोप लगाए । किसानको नाममा ठूलाठूला भाषण गरेको भए पनि अहिलेको सरकार किसानको समस्याप्रति उदासिन देखिएको उल्लेख गर्दै उहाँले अहिले साना किसानका लागि खाद्यमल, सिँचाइ, बीउबिजनको समस्या रहेकाले यसतर्फ सरकार सम्वेदनशील हुनुपर्ने बताए ।

नेता सिटौलाले कोरोना महामारीका बेलामा नेपाल तथा देशभन्दा बाहिर रहेका श्रमिकको समस्या समाधान गर्नका लागि कांग्रेसले पटक–पटक आग्रह गर्दा पनि सरकार यसप्रति गम्भीर नभएको आरोप लगाए ।

कार्यक्रममा प्रदेश नं १, प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेसका जिल्ला सभापति राजिव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बा, नवोदिता चौधरी, बिराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, जिल्ला सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतोलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

सो अवसरमा ४१ वर्षदेखि विभिन्न पत्रपत्रिका बिक्री गर्दै आएका सुनिल सिंहलाई दौसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?