
५ चैत, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सर्लाहीले टेम्पोबाट विभिन्न किसिमका लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
सदरमुकाम मलंगवा नगरपालिका-८ बाट विशेष सुराकीको आधारमा ज.१ह. २८१४ नम्बरको टेम्पोभित्र राखिएको लागुऔषध बरामद गरेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
टेम्पोको पछाडि यात्रु बस्ने सिटमुनि प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा लुपिजेसिक ९१ थ्ान, फेनारगन ९३ थान, डाइक्सेपाम ८८ थान बरामद भएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ टेम्पोबाट लागुऔषध बरामद भएपछि त्यसका चालक मलगंवा ९ बस्ने ३५ वर्षीय दुखा रायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य गरिरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4