
५ चैत, काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिन खोजेका छन् भने नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाउने अर्को प्रयास थियो । रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई सर्तकारुपमा अघि सारेको जसपाले तीनै दलसँग छुट्टाछुट्टै वार्ता गरेको थियो ।
जसपाका नेताहरुले कार्यकारिणी समितिको बैठकले सरकार गठनबारे निर्णय गर्ने बताएका थिए । तर तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए । उनका अनुसार अब होलिपछि मात्र बैठक बस्ने सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4