Comments Add Comment

एमाले संसदीय बोर्ड गठन, विधान संशोधन गर्न कार्यदल

५ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय बोर्ड गठन भएको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा २७ जना रहनेछन् ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ ।

कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । तर, खनाल र नेपाल समूहका सांसदहरु नआएपनि ओलीले दुई महत्वपूर्ण निर्णय लिएका हुन् ।

नेकपा एमालेको संसदीय दलको विधान अनुसार २३ सदस्यीय एमाले संसदीय बोर्डमा दलको नेता अध्यक्ष रहनेछन् ।

त्यस्तै दलको उपनेता, राष्ट्रियसभा दलको नेता, संघीय संसदको प्रमुख सचेतक र सचेतक, राष्ट्रियसभाका प्रमुख सचेतक बोर्डको पदेन सदस्य हुन्छन् ।

बोर्डमा प्रत्येक प्रदेशबाट १ जनाको दरले ७ जना प्रादेशिक प्रतिनिधि, दलित, मधेशी, मुस्लिम, आदिवासी जनजाति र पिछडिएको क्षेत्रबाट ६ जना निर्वाचित हुनेछन् ।

बोर्डमा एक तिहाइ महिला सदस्य संघीय संसदीय दलद्वारा निर्वाचित हुनेछन् । त्यस्तै बोर्ड सदस्यमा बढी मत प्राप्त गर्ने उम्मेदवारहरु पनि क्रमश निर्वाचित हुने व्यवस्था विधानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment