Comments Add Comment

ललितपुरमा घरमा आगलागी हुँदा वृद्धाको मृत्यु

५ चैत,काठमाडौँ । ललितपुरमा आज बिहान आगलागी हुँदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment