+
+

कीर्ते गरी ठेक्का लिएको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १५:१०

५ चैत, काठमाडौं । कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा प्रहरीले एकजना ठेकेदारलाई पक्राउ गरेको छ । भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेका ४१ वर्षीय रविन्द्र महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा समितिको लेटर प्याड कीर्ते गरेको प्रहरीले जनाएको छ ।  निर्माण नै सुरु नगरेकाे बहुतल्ले अस्पताल भवनलाई ४३ करोड ३७ लाख ५५ हजार ९ सय रुपैयाँमा निर्माण सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको भनी कम्पनीले प्रमाणित गरेको नक्कली कागजात महर्जनले पेस गरेका थिए ।

पक्राउ परेका महर्जनमाथि लिखतसम्बन्धी कसूरको मुद्दा चलाइने सीआईबीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?