
५ चैत, सुर्खेत । संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई कर्णाली साहित्य समाज साधना सम्मान प्रदान गरिने भएको छ ।
जोशीलाई ताम्रपत्रसहितको यो सम्मान प्रदान गर्न लागेको कर्णाली साहित्य समाज सुर्खेतले बिहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
जोशीको हाम्रो लोकसंस्कृति कृतिले २०१३ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । जोशीले कर्णालीलाई चिनाउनका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए ।
यसैगरी २०७६ सालमा प्रकाशित भएका कृतिहरु मध्यबाट छनोट गरी ललित विष्टकृत कथासंग्रह मोहपथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गर्न लागिएको छ ।
यही चैत्र ११ गते वीरेन्द्रनगरमा आयोजिक एक कार्यक्रमका बिच नगद ५० हजार राशीको कृति पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । यो कर्णालीमै संस्थागत रुपमा स्थापना गरिएको अहिलेसम्मकै ठूलो पुरस्कार राशी भएको आयोजकको दावी छ ।
साथै समाज प्रदान गर्ने प्रतिभा पुरस्कार वरिष्ठ लोकसाधक प्रेमदेव गिरीलाई प्रदान गरिने भएको छ । यसको पुरस्कार राशी नगद २५ हजार रहेको छ ।
प्रतिक्रिया 4