+
+
Shares

भृकुटीमण्डपमा सुरु भयो यामाहाको एक्सचेञ्ज महामेला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १८:२९

५ चैत, काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा यामाहाको एक्सचेञ्ज महामेला शुरु भएको छ । ११ चैतसम्म चल्ने महामेला बिहीबारदेखि शुरु भएको हो । यामाहाले जुनसुकै कम्पनीका मोटरसाइकलहरु समेत मेलामा एक्सचेञ्ज गर्न सकिने बताएको छ ।

पुरानो मोटरसाइकल लिएर जादा १५ हजार ‘सिओर सट’ मूल्य दिने गरी एक्सचेञ्ज हुने कम्पनीले जनाएको छ । मेलामा यामाहाका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु राखिएको छ । मेला अवलोकन गर्न जानेहरुलाई टेष्ट राइड समेत गर्न सक्नेछन् भने लक्की ड्रमार्फत आकर्षक पुरस्कारहरु समेत दिइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लक्की ड्रमा सहभागी हुने चार जनालाई गोसाईकुण्ड जाने हेलिकप्टर टुरको प्याकेज समेत उपलब्ध गराइनेछ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?