
५ चैत, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १० दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन् ।
बिहीबार विराटनगरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने ‘अब हप्ता १० दिनमा अविश्वास प्रस्ताव आउँछ ।’
कोइरालाले अब माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा कांग्रेसले सरकार बनाउनुपर्ने उनले बताए । ‘हामीले सरकारको नेतत्व गर्नुपर्छ, माओवादी, हामी र जसपा मिलेर जानुपर्ने हो । बहुमत आइहाल्छ’ उनले भने ।
जनता समाजवादी पार्टी र एमालेभित्रै विवाद रहेकाले कांग्रेस अविश्वास प्रस्ताव दर्ताका लागि पर्ख र हेरको अवस्थामा रहेको महामन्त्री कोइरालाको भनाइ छ ।
कोइरालाले ओली सरकारलाई भने कुनै हालतमा साथ दिन नसकिने प्रष्ट्याए । ‘ओली सरकारमा गएर उहाँहरुको दोष हामीले किन बोक्ने ?’ कोइरालाले भने ।
प्रतिक्रिया 4