Comments Add Comment

मलाई मेरै बायोपिकमा काम गर्न मन छः रीमा विश्वकर्मा

बलिउडमा पछिल्लो केही बर्षदेखि खेलाडी, कलाकार, नेताको बायोपिक बन्न थालेको छ । यस्ता बायोपिकले बक्स अफिसमा राम्रो कमाई पनि गरिरहेका छन् । नेपालमा भने मेकरले बायोपिकमा खासै रुची देखाएका छैनन् । केही बर्ष अगाडि श्रृष्टी केसीको जीवनीमा बनेको ‘ब्लाइन्ड रक्स’ले व्यापारिक रुपमा सफलता पाउन सकेन ।

नायिका रीमा विश्वकर्मालाई पनि बायोपिक चलचित्रमा काम गर्न मन छ । तर, उनी आफ्नै बायोपिकमा काम गर्न चाहन्छिन् । उनले भनिन्–‘मेरो जिन्दगीमा पनि धेरै उतारचढाव आएको छ । कतिपय कुराहरु त मिडियालाई पनि थाहा छैन ।’

तपाइको बायोपिकमा अरु कोही कलाकार नदेखियोस् भन्ने सोच हो भन्ने प्रश्नमा उनले भनिन्–‘त्यस्तो पनि होइन । तर, म आफै जिउँदो छु भने किन अरुले गर्ने भन्ने हो । म आफै पनि त गर्न सक्छु ।’ रीमाले आफूलाई नायिका मनिषा कोइरालाको बायोपिकमा पनि काम गर्न मन लागेको बताइन् ।

रीमाले चलचित्र क्षेत्रमा निरन्तर रुपमा चलचित्र बनाउने, हल्लाको भरमा लगानी गर्न नआउने निर्माताको चलचित्रमा काम गर्न आफू सधै उत्साहित हुने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

बोल्ड जेबिका

Advertisment