Comments Add Comment

युरोपा लिग : पोग्बाको निर्णायक गोलमा म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

६ चैत, काठमाडौं ।इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब एसी मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ को जपतसहित युनाइटेड क्वाटरफाइनल पुगेको हो ।

पहिलो लिगमा युनाइटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए ।

मिलानको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा पोग्बाले गोल गरेका थिए । त्यही गोल नै युनाइटेडका लागि निर्णायक बन्यो ।

४६औं मिनेटमा मार्कुस रासफोर्डको स्थानमा मैदान प्रवेश गरेका पोग्बाले तीन मिनेटपछि नै गोल गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment