
६ चैत, जनकपुरधाम । सर्लाही प्रहरीले चोरीनिकासी गर्न लागिएको ५८.४० क्यूबिक काठ नियन्त्रणमा लिएको छ ।
जिल्लाका हरिपुर नगरपालिका १ स्थित जानकीनगरमा को २ त ८४९६ नम्बरको ट्याकटरमा लोड गरी राखेको उक्त काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार सालको ७ वटा गोलिया र २६ वटा चिरेको काठ ट्याक्टरमा लोड गरेको पाइएको छ ।
उक्त काठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि वन डिभिजन कार्यालय लालबन्दी सर्लाहीमा बुझाएको कुँवरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4