+
+
Shares

रेशम चौधरीको रिहाईलाई लेनदेनको विषय नबनाऔं : जसपा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १५:३६

६ चैत, काठमाडौँ । जनता समाजवादी पार्टी (जेसपा)का नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाईलाई लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन, रेशम चौधरीको रिहाईको मुद्दा उठाउँदा सरकारमा आउनुस् भनेर आग्रह गर्ने गरिएको बताए । उनले अघि भने, ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनु हुँदैन । सर्तका रुपमा बुझ्नु हुँदैन, नत्र त्यो राजनीतिक बेइमानी हुन्छ ।’

चौधरीसहितका थरुहट आन्दोलनका आन्दोलनकारी राजबन्दी भएको भन्दै उनले सीके राउत र विप्लवहरुलाई झै व्यवहार गर्नुपर्ने बताए । सरकारमा जान संविधान संशोधन, रेशम चौधरीको मुद्दा अघि सारेको भन्दै आफूलाई बद्नाम नगर्न समेत उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?