+
+

अफगानिस्तान र तालिबानबीच शान्ति वार्ता अघि बढाउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १६:४९

६ चैत, काठमाडौं । अफगानिस्तानको सरकार र तालिबानबीच शान्ति वार्ता तीव्र गतिमा अघि बढाउने सहमति भएको छ । बिहीबार रुसको मस्कोमा भएको अन्तर्राष्ट्रिय सम्मेलनपछि अफगानिस्तान सरकार र तालिबानबीच उक्त सहमति भएको हो ।

अफगानिस्तानको सरकारका अधिकारीले दुवै पक्ष अन्योलमा रहेको वार्तालाई तीव्र गतिमा अघि बढाउन सहमत भएको बताएका हुन् । बिहीबार अमेरिका, रुस, चीन र पाकिस्तानका प्रतिनिधिको बैठकले अफगानिस्तान र तालिबानलाई तत्काल युद्ध विरामको लागि आग्रह गरेका थिए ।

गत वर्ष तालिबान र अमेरिकाको युद्धविरामको सम्झौता भएको थियो । उक्त सम्झौताको शर्त पूरा गर्ने मिति नजिकिँदै गर्दा अफगानिस्तानको मुद्दामा अन्तर्राष्ट्रिय मुलुकबीच बैठक बसेको हो ।

अफगानिस्तान सरकार र तालिबानबीच कतारको राजधानी सहर दोहामा अहिले शान्ति वार्ता भइरहेको छ । यद्यपि अफगानिस्तानमा हिंसा भने कम भएको छैन ।

बिहीबार मात्र पनि अफगानिस्तानको काबुलमा सरकारी कर्मचारी चढेको बसमा बम विष्फोट गराइएको थियो । शान्ति वार्ता जारी रहँदा पनि हिंसात्मक आक्रमण नरोकेको भन्दै अन्तर्राष्ट्रिय समुदायले पनि तालिबानको आलोचना गर्दै आएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?