Comments Add Comment

नेपाल समूहका नेताहरुलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

आत्मालोचना गरेर आए सोच्न सकिन्छ, नत्र कारबाही : ओली

७ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलले गुटगत भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । यो समूहमा आबद्ध सांसदहरु संसदीय दलको बैठकमा पनि गएनन् ।
३८ सांसदको तर्फबाट ज्ञापनपत्र बुझाउन पुगेका तीन सांसदलाई दलका नेता केपी शर्मा ओलीले व्यक्तिगत धारणा सुन्ने तर गुटको प्रस्ताव स्वीकार नगर्ने बताएका थिए ।

संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता ओलीले आफ्नो निर्देशन विपरित भेला गरेको भन्दै अगुवाहरुलाई स्पष्टीकरण सोधिने बताए । ‘आत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ’ उनले भने ।

प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरेर गुटगत भेला गरेको र झुटा लान्छनाहरु लगाएर पार्टी सरकारलाई बद्नाम गर्न खोजेको भन्दै उनले आक्रोश पोखेका छन् ।
सर्वोच्च अदालतको आदेशपछि आफूले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेको तर उनले रियलाइजेसन नगरेको भन्दै उनले भने, ‘गुटगत गतिविधि गरेर हामीलाई बदनाम गराउन खोजिँदैछ । अब स्पष्टीकरणको प्रक्रिया अगाडि बढ्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment