
७ चैत, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित भएका छन् । नगेन्द्र प्रसाद आशालता रिजाल प्रतिष्ठा, विराटनगरले शनिबार काठमाडौंमा कार्यक्रम गरी जोशीलाई सम्मान गरेको हो ।
नेपालमा भाषा साहित्य र संस्कृति संरक्षण तथा सम्बद्र्धनमा योगदान पुराएवापत संस्कृतिवीद् जोशीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो ।
जोशीलाई सम्मान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगा प्रसाद उप्रेतीले भाषा साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै प्रशंसा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4