Comments Add Comment

पहिलो भागबाटै ‘दि भ्वाइस अफ नेपाल–३’लाई उत्कृष्ट प्रतिक्रिया

नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन थालेको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण भएको थियो । तेश्रो सिजनको पहिलो भागबाट नै शोले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । पहिलो भागमा ‘ब्लाइन्ड अडिसन’मा छानिएका प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् ।

शोको पहिलो भाग नै नेपालमा युटुब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ । एक दिनमै यो शोलाई युटुबमा १३ लाख भन्दा बढीले हेरेका थिए । हालसम्म पहिलो भागलाई युटुबमा १८ लाख भन्दा बढीले हेरिसकेका छन् ।

‘दि भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा मेलिना मैनाली, गनविर बुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन र धमेन्द्र सुनार अघिल्लो राउन्डका लागि छनोट भएका छन् ।

 

यस्तै, शनिबार प्रशारण भएको ‘ब्लाइन्ड अडिसन’बाट सम्राट राजभण्डारी, अभिषेक बराइली विश्वकर्मा, सुमन नेपाली, अफ्रिता खड्गी, सुनिलथापा मगर, शर्मिला आचार्य, निर्मला घले छनोट भएका छन् । शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३’को दोश्रो भागले पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो शोमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ निर्णायकको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment