Comments Add Comment

एमालेमा महिलापछि युवामा समानान्तर कमिटी

८ चैत, काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाइन थालेको छ ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो ।

६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाएको छ ।

अनेम संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको छ । नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाइएको छ ।

यो समूहले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ ।

ओली समूहले जस्तै यो समूहले पनि जम्बो पदाधिकारी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment