Comments Add Comment

पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती

८ चैत, रसुवा । हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न नेपाल प्रहरीले सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ । गोसाइँकुण्ड, लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्रीको सुरक्षा व्यवस्था मजबुत पार्न सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।

हिमाली पदयात्राका लागि दिनहुँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेकाले सुरक्षाको प्रत्यभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ पैदल मार्गका सम्भावित स्थानमा सुरक्षा गस्ती परिचालन गरिएको हो ।

जिल्लाको भ्रमणमा आउने पर्यटकलाई सुरक्षा दिन नेपाल प्रहरीका साथै पर्यटन प्रहरीसमेत परिचालन भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

यात्राका क्रममा कुनै असहज स्थानमा नजान र सुरक्षा आवश्यक पर्नासाथ नजीकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवामा खबर गर्न पर्यटकलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment