Comments Add Comment

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामबहादुर मानन्धर चयन

८ चैत, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन् । लिमिटेडको १६९ औं सञ्चालक समितिको बैठकले मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष मानन्धरलाई आइतबार नेपाल राष्ट्र बैंककी डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले सपथ ग्रहण गराएकी थिइन् ।

तत्कालीन अध्यक्ष नरेश शाक्यको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भए पश्चात मानन्धरले क्लियरिङ हाउसमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एकजना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रबर्द्धित कम्पनी हो ।

यसको NCHL-ECC, NCHL-IPS, connectIPS, connectRTGS, NPI र CORPORATEPAY प्रणाली सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment