
८ चैत, काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । लाजिम्पाटस्थित र्याडिसन होटलमा शुक्रबार आयोजित कार्यक्रममा मार्च इन्टेकका लागि भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कलेजका एसोसियट डीन अरुणलाल जोशीले आफ्नो स्वागत मन्तव्य राखेका थिए । उनले कोभिड– १९ को अवस्था अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षण गराएका थिए । साथै, उनले यो अवस्थामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा कलेजले कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाइन शिक्षा प्रदान गर्दै आइरहेको जानकारी गराइएको थियो । कलेजले अनलाइनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई विभिन्न सेसनहरु, वेभमिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको कलेजले जानकारी गराएको थियो ।
कार्यक्रममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा विभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।
बीएस्सी (हन्स) कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।
औपचारिक कार्यक्रमको समापन बीबीए प्रोग्राम लिडर सौरभ सत्यालले गरेका थिए ।
एडमिसन तथा मार्केटिङ विभागका प्रमुख अमरदीप मण्डलले हाल बीबीए, बीएचएम र बीएस्सी कप्युटिङको भर्ना कार्यक्रम अझै चलिरहेको जानकारी दिए । उनले भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रतिक्रिया 4