Comments Add Comment

चेल्सी एफए कपको सेमिफाइनलमा

काठमाडौं । लण्डन क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा शेफिल्ड युनाईटेडलाई २-० गोल ले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे । यस्तै शेफिल्डका खेलाडीले एक गोल उपहार दिए ।

शेफिल्डका ओलिभर नोर्उडले २४औं मिनेटमा आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो ।

इन्जुरी टाइम जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

८ पटक एफए कप जितेको चेल्सीले पछिल्लो पटक २०१८ मा उपाधि जितेको थियो । गत वर्ष भने चेल्सी फाइनलमा आर्सनलसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment