Comments Add Comment

सीजी ब्रान्डका आकर्षक पंखा नेपाली बजारमा

९ चैत, काठमाडौं । गर्मी बढ्दै गइरहेको समयमा नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्र्याएको छ ।

उपभोक्ताको रुचीलाई मध्यनजर गरी सीजीले विभिन्न प्रकारका पंखाहरु बजारमा ल्याएको हो । उपभोक्ताहरुले नजिकको डिलरबाट आफूलाई मन पर्ने पंखाहरु खरिद गर्न सकिने सीजीले जनाएको छ । सिलिङ पंखा, स्ट्याण्डपंखा, टेबुल पंखा, वाल पंखा, एगजस्ट पंखा र रिचार्जऐबल पंखाहरु उपलब्ध रहेको सीजीले जनाएको छ ।

हेर्दा निकै नै आकर्षक देखिने यी पंखाहरुमा नयाँ नयाँ विषेशताका साथै विभिन्न साइजमा उपलब्ध रहेको सीजीले जनाएको छ । सिलिङ पंखाको खरिदमा २४ महिनाको वारेण्टी र रिमोट पनि उपलब्ध हुनेछ । सिलिङ पंखाहरु २४ इन्चदेखि ४८ इन्चसम्मको साइजमा रहेको सीजीले जनाएको छ ।

स्ट्याण्ड पंखामा १२ महिनाको वारेण्टी र विभिन्न आकर्षक स्वरुपका मोडलहरुमा उपलब्ध रहेको र विजुली नभएको समयमा पनि चलाउन मिल्ने रिचार्जएबल पंखाहरु पनि उपलब्ध रहेको सीजीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment