
९ चैत, काठमाडौं । सप्तरी र धनुषामा पोखरीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै धनुषाको हंसपुर नगरपालिका–७ प्रसाहीका अनिल साहका एक वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
घरदेखि करिब १ सय मिटर टाढा रहेको पोखरी नजिक खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4