+
+
Shares

देशभर थपिए १५० जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १७:३१

९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । परीक्षण बढाएसँगै आइतबारको तुलनामा संक्रमितको संख्या दोब्बरले बढेको हो ।

४ हजार ४७२ जनाको नमुना परीक्षण गर्दा १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ३ हजार १८१ नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण देखिएको थियो ।

नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । उनीहरुमध्ये थप ९९ सहित २ लाख ७२ हजार २० जना निको भएका छन् । यस्तै गत २४ घण्टामा ३ जनासहित कोरोना संक्रमणबाट हालसम्म ३ हजार १९ जनाको मृत्यु भएको छ ।

आइतबार १०६ जना संक्रमित निको भएका थिए भने कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको थिएन । सोमबार काठमाडौं उपत्यकामा मात्रै ८४ जना संक्रमित थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?