Comments Add Comment

अनु शाहः फिल्म भन्दा प्रेमले चर्चामा रहेकी नायिका

नायिका अनु शाह पछिल्ला केही बर्षदेखि चलचित्र क्षेत्रबाट त हराए जस्तै छिन् । किनकी, उनको हातमा चलचित्र नै छैन । म्यूजिक भिडियोमा भने उनी फाट्टफुट्ट देखिदै आएकी छिन् ।

उनै, अनुले आफ्नो जन्मदिन सोमबार मनाइन् । सोमबार जन्मदिन मनाएकी अनु चलचित्र क्षेत्रमा ‘दि यूगदेखि यूगसम्म’बाट प्रवेश गरेकी हुन् । यसपछि, उनले केही बर्ष निरन्तर चलचित्रमा काम गरिन् । तर, उनलाई अपेक्षित सफलता हात लागेन ।

तर, पछिल्ला केही बर्षदेखि भने उनी नायक सविन श्रेष्ठसँगको प्रेमका कारण चर्चामा रहिन् । कहिले मिलेको, कहिले झगडा परेको खबरहरु नेपाली मिडियामा आई नै रहे । अनु पनि यही खबरले रंगिइन् । केही बर्ष अगाडि त उनीहरुविच कानुनी रुपमा बिहे नै भैसकेको खबर पनि नआएको होइन । तर, अनु र सविन दुबैले यो कुरा अस्विकार गरे ।

यसपछि, सविनसँग अनुले बनाएका टिकटक, फोटोहरु सार्वजनिक भैरहेका छन् । अनु भने नेपाली चलचित्र र मिडियाबाट हराए जस्तै छिन् ।

कलाकारहरु आफ्नो कामले भन्दा गसिपका कारण चर्चामा रहे भने उनीहरको चलचित्र यात्रा सुखद बनेको पाइदैन । अनु पनि चलचित्र क्षेत्रमा यही समस्या भोगिरहेकी छिन् । प्रेमको चर्चामा रंगिदा उनको चलचित्र करिअरको ग्राफ भने रेड जोनमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment