Comments Add Comment

‘अविश्वास प्रस्ताव ल्याउन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’

१० चैत, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भन्दै अविश्वास प्रस्तावमार्फत हटाउन चुनौती दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अविश्वास प्रस्ताव ल्याउन नसक्नेले किन प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनी प्रश्न गरेका छन् । ‘नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’ उनले प्रश्न गरे ।

विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला मंगलबार संसदमा प्रधानमन्त्री ओली निकट सांसदले यस्तो प्रश्न गरेका हुन् ।

उनले अब सभामुख पनि कुन पार्टीको भनी प्रश्न उठ्ने पनि बताए । ‘ सभामुख महोदय तपाईं निर्वाचित हुँदा नेकपा थियो, अब उपसभामुख चुन्ने हो भने दलीय संलग्नता कसको भन्ने ? अनि नैतिकता कसले कसलाई सिकाउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment