+
+

अब केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १३:५८

१० चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।

माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताए । उनले भने, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’

पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको उनले बताए । ‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ पार्टी अध्यक्ष ओलीतर्फ संकेत गर्दै रावलले भने ।

अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको ? लगायतका विषयमा स्पष्टीकरण सोध्ने उनले बताए ।

स्पष्टीकरण सोध्दै आफूहरुलाई काटिएको पत्रलाई नक्कली केन्द्रीय कमिटीको अवैध पत्र भन्दै रावलले भने, ‘त्यस्तो नक्कली लुगा फुकालेर जस्ताको जस्तै जनतामा ल्याइदिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?