+
+
Shares

स्पष्टीकरणबाट तर्सिदैनौं, आत्मसमर्पण गर्दैनौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १४:१६

१० चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरुसँग मागिएको स्पष्टीकरणबाट नतर्सिने बताएका छन् ।

मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरणको सामाना गर्न तयार रहेको बताए । मंगलबार मात्र एक नेताले केपी ओलीसँग मिल्नुस्, कारबाही नै गरेपनि सहनुस् भनेको भन्दै उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन ।’

उनले अघि भने, ‘कथित स्पष्टीकरणबाट तर्सिने बोला छैनौं, सामना गर्न तयार छौं ।’

चैत ७ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार एमाले महासचिव ईश्वर पोखरेलले चारैजना नेतालाई स्पष्टीकरण माग गर्दै पत्र पठाएका छन् ।

अब ७७ जिल्लामा जाने र संगठन बनाउने उनले बताए । तर आफूले पार्टी नफुटाउने भन्दै नेता नेपालले भने, ‘पार्टी फुटाउँछन् भने केपी ओलीले फुटाउँछन् ।’

पार्टी अध्यक्ष ओलीको चुरीफुरी कुर्सीमा बस्दासम्म मात्र भएको भन्दै उनले सडकमा आएपछि ओली प्रवृत्तिको हावा खुस्किने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?