Comments Add Comment

सामसुङको ए सिरिजका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा

१० चैत, काठमाडौं । सामसुङले नेपाली बजारमा ए सिरिजका दुई वटा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । सामसुङले ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी ग्यालेक्सी ए सेभेन टू (Galaxy A72) र ग्यालेक्सी ए फाइभ टू (Galaxy A52) स्मार्टफोनहरु बजारमा ल्याएको हो ।

ग्राहकको आवश्यकतालाई सहजै परिपूर्ति गर्ने,उत्कृष्ट प्रविधियुक्त उक्त दुई स्मार्टफोनले हरेक पलहरुलाई थप जीवन्तता प्रदान गर्ने कम्पनीको दावी छ ।

ग्यालेक्सी ए सेभेन टूमा आकर्षक क्यामेरा, स्मुथ स्क्रोलिङ डिस्प्ले तथा आईपी सिक्ससेभेन (IP67) जस्तो धुलो र पानी प्रतिरोधी नवीन प्रविधि तथा लामो समय सम्म टिकाउ हुने ब्याट्री समावेश गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकको चाहना अनुसार सेवा दिन आफूहरु निरन्तर लागि परेको भन्दै कम्पनीले ग्राहकलाई सुलभ मूल्यमा नवीनतम प्रविधिका साथ उत्पादनको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनीका अनुसार सोही सिलसिलामा वेस्ट इन सेग्मेन्ट अन्तर्गत आफ्नो ए सिरिज परिवारभित्र पावर प्याक्ड फिचरहरु भएको ग्यालेक्सी ए फाइभ टू तथा ग्यालेक्सी ए सेभेन टू प्रस्तुत गरिएको छ ।

उचित मूल्यमा नयाँ प्रविधिको प्रयोग गर्ने ग्राहकको चाहनालाई यस फोनले परिपूति गर्ने विश्वास आफूहरुले लिएको सामसुङ मोबाइल नेपालका विजिनेश हेड प्रणय रत्न स्थापितले बताए ।

उच्चस्तरीय फोटो खिच्न, उत्कृष्ट क्यामेरा

कम्पनीका अनुसार ग्यालेक्सी ए सेभेन टू र ग्यालेक्सी ए फाइभ टू स्मार्टफोन वेस्ट इन क्लास सिक्स फोर एमपी क्वार्ड क्यामेरा(64MP Quad camera) को साथ उपलब्ध रहेको छ । यसमा प्रयोग भएको तथा क्यामेराले उच्चस्तरीय सफा एवं स्पष्ट फोटो खिच्ने समार्थ्य रहेको कम्पनीले जनाएको छ ।

यसका साथै, १६ मेगा पिक्सलको अल्ट्रा वाइल्ड र ८ मेगापिक्सलको टेलि लेन्स क्रमशः ६४ मेगापिक्सलको हाइ रेज AF OIS तथा थ्रीएक्स अप्टिकल Zoom AF OIS  रहेको छ । ५ मेगापिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो खिच्दा समेट क्रिस्टल क्लियर फोटो खिच्न सक्दछ भने ३२ मेगा पिक्सलको फ्रन्ट क्यामराले सेल्फीको दुनियामा छुट्टै नयाँ तहसम्म पुर्‍याउने कम्पनीले जनाएको छ । साथै नयाँ ग्यालेक्सी ए सेभेन टू र ग्यालेक्सी ए फाइभ टूले अब आफनो क्षणहरुलाई फोरके भिडियोबाट ८ मेगापिक्सलको हाइरिजुलेसन का तस्वीर लिन सकिन्छ । साथै AR Emoji तथा My filter जस्तो सुविधाको प्रयोग गरेर प्रयोग कर्ताले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्ने कम्पनीको दावी छ ।

वास्तविकि सहज स्क्रोलिङ्गको लागि, उत्कृष्ट डिस्प्ले फोटो खिच्न, उत्कृष्ट क्यामरा

ग्यालेक्सी ए सेभेन टू र ग्यालेक्सी ए फाइभ टू स्मार्टफोनमा Vivid डिस्प्ले तथा जीवन्त अनुभव र स्टाइल प्रदान गर्दछ ।

नयाँ ग्यालेक्सी ए सेभेन टू र ग्यालेक्सी ए फाइभ टूमा आफूलाई मन पर्ने कार्यक्रम ६.७ इन्चका FHD+ Super AMOLED डिस्प्लेमा हेर्न सक्ने कम्पनीको दावी छ । यसमा ९०Hz रिफ्रेस रेट रहेको छ जसले गर्दा स्क्रोलिङ्गको यस अघिको भन्दा छुट्टै अनुभव प्रदान गर्दछ । तपाईं बाहिर रहदा पनि सोसल मिडियाका पोष्टहरु हेर्न र पोष्ट गर्न सक्नुहुन्छ । यसको लागि ८०० Nits luminance लाई विशेष धन्यवाद । यसको साथै स्मार्टफोनको प्याटनर्सलाई आधार बनाएर डिस्प्लेको कलर तथा टेम्परेचरलाई स्वतः एडजस्ट गर्दछ, जसले गर्दा मोबाइल चलाउँदा आखाँ थाक्न दिंदैन ।

ग्यालेक्सी ए सेभेन टू र ग्यालेक्सी ए फाइभ टू मा ग्राहकहरुका लागि थप आवश्यक सुविधाहरु 

पिस अफ माइन्ड –सबै नयाँ ग्यालेक्सी ए सेभेन टू र ग्यालेक्सी ए फाइभ टू मा IP67 को प्रयोगले पानी र धुलो प्रतिरोधी बन्न पुगेको छ ।

सुरक्षाप्रति समर्पित – ग्यालेक्सी ए सेभेन टू र ग्यालेक्सी ए फाइभ टू बिल्ट–इन सामसुङ KNOX को साथ उपलब्ध हरको छ, जसले तपाईंलाई सामसुङकको डिफेन्स–ग्रेड सुरक्षा प्रणाली प्रदान गर्दछ जुन तपाईंको वास्तविक जानकारी र डाटालाई रियल समयमा सुरक्षा दिनेछ ।

दुई–दिन सम्म चल्ने ब्याट्री – अब तपाइँ फोटो खिच्न, आफ्ना मौलिक सिर्जनाहरु रचना गर्न सहजै सक्नुहुन्छ । ग्यालेक्सी ए सेभेन टू मा 5000mAh को ब्याट्री तथा ग्यालेक्सी ए फाइभ टू मा 4500 mAh राखिएको छ । यी ब्याट्रिहरुको प्रयोगले निरन्तर सञ्चालन गर्न सकिनेछ ।

प्रिमियम अत्यावश्यक विशेषताहरु – ग्यालेक्सी ए सेभेन टू र ग्यालेक्सी ए फाइभ टू मा ग्यालेक्सीका अत्यावश्यकीय सुविधाहरु रहेका छन् । स्टिरियो स्पिकरहरू र १ टीबीसम्म मेमोरी बढाउन सकिने सुविधा यसमा विद्यमान रहेका छन् । स्टिरियो स्पिकरको साथ Dolby Atmos ले एक उच्चस्तरीय ध्वनीको विस्तृत अनुभव प्रदान गर्दछ र श्रोतालाई यसले वास्तवमै थप अप–लेभल डेप्थसम्म पुर्‍याउने छ ।

सफ्टवेर अपडेटहरुः नयाँ ग्यालेक्सी ए सेभेन टू र ग्यालेक्सी ए फाइभ टू ले सफ्टवेर अपग्रेडको सुविधा पनि प्रदान गर्दछ । थ्री जेनरेसन, कम्तिमा ४ वर्षसम्मको लागि सेक्युरिटिज अपडेट जस्ता सुविधा यसमा रहेको छ ।

मूल्य तथा उपलब्धता

यस फोन विभिन्न Awesome Violet, Awesome Blue, Awesome Black   गरी तीन आकर्षक रंगहरुमा उपलब्ध रहेका छन् । यसको मूल्य 8GB RAM+128GB  को ग्यालेक्सी ए फाइभ टू को मूल्य रु. ४१,९९९/- तोकिएको छ भने ग्यालेक्सी ए सेभेन टू को मूल्य रु. ५१,९९९/-तोकिएको छ । त्यसै गरी 8GB RAM+256GB   को ग्यालेक्सी ए सेभेन टू को मूल्य रु. ५६,९९९/- तोकिएको छ । यी फोनहरु सामसङको आधिकारिक ब्राण्ड सप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment