
११ चैत, काठमाडौं । आज पनि मौसम बदली कायमै रहेको छ । स्यानीयसँगै पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार बिहीबार र शुक्रबार पनि देशका पहाडी भूभागका केही ठाउँमा मौसम बदली भई मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।
आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4