Comments Add Comment

पल–मलिकासँग केन्द्र मोशनको संझौताः ६ महिना अन्य कम्पनीको भिडियो गर्न नपाउने

नायक पल शाह र नायिका मलिका महत्तलाई लिएर केन्द्र मोशन पिक्चर्सले दुई वटा म्यूजिक भिडियो तयार गर्यो । ‘फुलबुट्टे सारीको महिला भर्सन र टाढा भएपनि’ बोलको गीतमा पल र मलिकाले काम गरे । यी दुबै गीतले दर्शकको उल्लेख्य साथ पाए । दर्शकले पल र मलिकाको जोडीलाई रुचाए ।

दर्शकले रुचाएको यो जोडीलाई अब भने केन्द्र मोशन पिक्चर्सले नयाँ संझौतामा बाँधेको छ । यी दुई कलाकारसँग केन्द्र मोशनले नयाँ संझौता गरेको वुझिएको छ । अब, पल र मलिकाले ६ महिनासम्म केन्द्र मोशन बाहेकको कम्पनीसँग एकसाथ म्यूजिक भिडियोमा काम गर्न पाउने छैनन् । केन्द्र मोशनले ६ महिनामा १० वटा भिडियो बनाउने गरि पल र मलिकासँग संझौता गरेको हो ।

वुझिएअनुसार, पल र मलिकाले अलग–अलग रुपमा अन्य कम्पनीका भिडियो गर्न पाउनेछन् । तर, एकसाथ जोडीको रुपमा भने उनीहरुले ६ महिनाका लागि केन्द्र मोशनसँग संझौतामा बाँधिएका छन् । नायिका मलिका महत्त परिक्षाको तयारीमा रहेकाले पनि नयाँ भिडियोको छायांकन सुरु हुन पाएको छैन ।

केन्द्र मोशनले पल र मलिकालाई लिएर चलचित्र बनाउने तयारी पनि थालेको छ । ६ महिना भित्रमा स्क्रिप्ट फाइनल गरेर चलचित्र सुरु गर्ने योजनामा यो कम्पनी रहेको वुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment