Comments Add Comment

शिवकुमारको हत्या आरोपमा उनकै काकाका छोरा पक्राउ

११ चैत, जनकपुरधाम । चैत ८ गते मृत अवस्थामा भेटिएका सिराहाको मिर्चैया नगरपालिका–७ का शिवकुमार यादवको हत्या आरोपमा उनकै काकाका छोरा पक्राउ परेका छन् ।

२८ वर्षका शिवकुमारको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै काकाका छोरा विष्णु यादवलाई पक्राउ गरेको हो । शिवकुमारको शव चैत ८ गते राति हत्या भएको अवस्थामा मिर्चैया नगरपालिका–१ स्थित एक आँपको बगैंचामा भेटिएको थियो । विष्णुले शिवकुमारको अपहरण गरी फिरौती मागेको र नदिँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

‘विष्णुले आफ्ना सालो इन्द्रदेव यादवसँग मिलेर शिवकुमारको अपहरण गरी हत्या गरेको खुलेको छ’ उनले भने, ‘हत्यामा संलग्न दुबै जना बुधबार पक्राउ परेका छन् ।’

प्रहरीका अनुसार विष्णुले शिवकुमारको परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नपाएपछि चैत ८ गते राति हत्या गरी शव कंक्रिटले छोपेर भागेका प्रहरीको भनाइ छ । उनीहरुले शिवकुमारको मोवाइल भने खोलामा फालिदिएका थिए ।

शिवकुमारका दाजु हालै वैदेशिक रोजगारीबाट फर्केको हुनाले रकम असुल गर्ने उद्देश्यले अपहरण गरेको देखिएको डीआईजी सिंहले बताए । ‘वैदेशिक रोजगारीबाट आएपछि माग्ने जति रकम पाउने सोंचका साथ शिवकुमारको अपहरण गरी हत्या गरेको देखिन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment