Comments Add Comment

कोरोनाका कारण ‘बन्टी और बब्ली २’को प्रदर्शन स्थगित

विश्व बजारमा कोरोनाको दोश्रो चरणको लहर सुरु भएको छ । भारतमा पनि यसको प्रभाव उच्च देखिएको छ । दैनिक ४० हजार भन्दा बढी केस भारतमा देखिदा विभिन्न स्थानमा लकडाउन समेत भैरहेको छ । यसको प्रत्यक्ष असर विस्तारै माथि उठ्दै गरेको चलचित्र नगरीमा पनि परेको छ । लामो समयको लकडाउनपछि चलमलाउँदै गरेको बलिउडलाई कोरोनाको दोश्रो लहरले ठूलो असर गर्ने देखिएको छ ।

पहिलो चरणको कोरोनाको प्रभाव कम हुँदै गएपछि बलिउडका ठूला ब्यानरले चलचित्रको प्रदर्शन मिति तय गरेका थिए । तर, अब ती चलचित्रको प्रदर्शन मिति स्थगित गर्न थालिएको छ ।

यशराज ब्यानरको निर्माणमा तयार भएको चलचित्र ‘बन्टी और बब्ली २’को प्रदर्शन मिति पछि सारिएको छ । यो चलचित्र अप्रिल २३ तारिखबाट रिलिज गर्ने तयारी यशराज ब्यानरको थियो । तर, भारतमा कोरोनाको दोश्रो चरणको लहर सुरु भएपछि अनिश्चितकालका लागि यो चलचित्रको प्रदर्शन मिति स्थगित भएको छ ।

चलचित्रका निर्माता आदित्य चोपडा यो चलचित्रले दर्शकलाई हलसम्म तान्नेमा ढुक्क छन् । तर, दर्शकले समेत प्रतिक्षा गरेको चलचित्रलाई रिलिजका लागि राम्रो समय आवश्यक रहेको उनको वुझाई छ । तर, कोरोनाको दोश्रो चरणको लहर सुरु भएकोका कारणले चलचित्र रिलिजका लागि सही समय नभएको उनको वुझाई छ ।

दर्शकलाई हलसम्म फर्काउनमा यो चलचित्रले ठूलो भूमिका खेल्ने विश्वास यशराज कम्पनीको छ । यो चलचित्रमा सिद्धार्थ चर्तुवेदी र सरभरीको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा नायक सैफअली खान र नायिका रानी मुखर्जीको पनि विशेष भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment