
१२ चैत, काठमाडौं । उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उत्तर कोरियाले प्रक्षेपण गरेको ब्यालेस्टिक मिसाइलहरु जापान सागरमा खसेका थिए ।
जापान, दक्षिण कोरिया र अमेरिकाले बिहीबार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेका छन् । अमेरिकामा जो बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि उत्तर कोरियाले पहिलोपटक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो । अहिले अमेरिका आफ्नो उत्तर कोरिया रणनीतिबारे अध्ययन गरिरहेको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा काउन्सिलले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल विकासमा रोक लगाएको छ । जापानले उत्तर कोरियाको गरेको मिसाइल प्रक्षेपणपछि त्यसको टुक्राहरु आफ्नो पानीमा नखसेको बताएको छ ।
Here is the Japanese MOD statement:
“potential ballistic missile”
“will not fall into Japan’s Exclusive Economic Zone (EEZ)”https://t.co/yCDWfVg0ET— Dr. Jeffrey Lewis (@ArmsControlWonk) March 24, 2021
जापान र दक्षिण कोरियाले मिसाइल प्रक्षेपणको निन्दा गरेका छन् । अमेरिकाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसअघि उत्तर कोरियाले पित सागरमा ब्यालेस्टिक बाहेकका दुई मिसाइल प्रक्षेपण गरेको थियो ।
ब्यालेस्टिक बाहेकका मिसाइल प्रक्षेपणबाट कुनै जोखिम नरहेको अमेरिकाले बताएको थियो । ब्यालेस्टिकबाहेकका मिसाइल प्रक्षेपणमा भने राष्ट्रसंघले पनि उत्तर कोरियालाई रोक लगाएको छैन ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4