Comments Add Comment

बलात्कार मुद्दाका दोषी १३ वर्षपछि पक्राउ

१२ चैत, सप्तरी । सप्तरीमा बालिका बलात्कार मुद्दामा दाेषी ठहर भएका व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिकाकी १० वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका स्थानीय ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

मुखियालाई उनको गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । मुखियाले २०६४ साल असोज ९ गते बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै मुद्दा परेको थियो ।

उक्त मुद्दाकाे सप्तरी जिल्ला अदालतले २०७५ साल असार ५ गते फैसला गर्दै श्यामलाई १३ वर्ष कैद सजाय तोकेको थियो ।

पक्राउ परेका मुखियालाई जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment