+
+
Shares

एमालेमा गएका लुम्बिनीका दुई सांसदलाई माओवादी केन्द्रले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १९:४१

१२ चैत, बुटवल । पार्टी छाडेर नेकपा एमालेमा गएका लुम्बिनी प्रदेशसभाका आफ्ना दुई सांसदलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।

बिहीबार बसेको संसदीय दलको वैठकले सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनी पत्र पठाएको छ । न्यौपाने र पन्थी हालै मात्र नेकपा एमालेमा लागेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी ओलीले फागुन २८ गते केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रमुख सचेतकमा तुलाराम घर्ती र सचेतकमा पार्वती पुन गहतराजलाई चयन गरेको छ । बिहीबार संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बैठक बसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?